Friday, October 21, 2011

How Can We Improve Our memory


Increase Your memory power. Make your memory power as a photographic memory.
But How ??

हामी सबैले आफ्नो सम्झने क्षमता बढी होस् भन्ने चाहना राखेका हुन्छौ | सबैलाई आफ्नो स्मरण शक्ति तेजिलो होस् भन्ने सोचाई हुन्छ | झट्ट एक पटक हेरेर नै कति मान्छेले पुन: सबै कुराहरु जस्ताको तस्तै भन्न सकिरहेका हुन्छन | यो कुरा हामीलाई अचम्मको लाग्थ्यो, तर यो कुरा अचम्मको हुन्न र God Gifted पनि होइन |

केहि सामान्य कुराहरु छन् ती कुराहरु प्रयोगमा ल्याइयो भने स्मरण शक्ति बढाउन सकिन्छ |

अंकहरु वा फोन नम्बरहरु सम्झन गार्हो हुन्छ?
एउटा फोन नम्बरको उदाहरण लिउ न त | तपाइको साथीको फोन नम्बर ४३४ -३४५७ छ | अब यो कण्ठ गर्न तपाइलाई गार्हो हुन्छ ?? यसलाई बोल्ने तरिका फरक बनाउनु होस् | यसरि ...४३४३-४५७ यसरि पढ्नुस त चार तिन चार तिन, चार पाच सात वा त्रिचालिस त्रिचालिस पैतालिश सात,
तपाई यसलाई जसरि पनि पढ्न सक्नु हुन्छ आफुलाई सम्झन सजिलो हुने तरिकाले

अब यो फोन नम्बर सम्झन तपाईलाइ निक्कै सजिलो हुनेछ |

तपाईलाइ यो नम्बर 17761812184818651898, सम्झन गार्हो लाग्छ पक्कै पनि यति लामो नम्बर कसरि कण्ठ गर्ने त ? अब यो लामो नम्बरलाइ भाग लगाउनुस जस्तै 17761812184818651898,लाइ चार वटा अंक पछि स्पेस दिनुस 1776 -1812 -1848 -1865 -1898,
अब यो नम्बर सम्झन सजिलो पक्कै हुन्छ |


राम्रो संग सुत्नुस, राम्रो संग ननिदाउनाले स्मरण शक्ति मात्र कम हुन्न, अन्य कुराहरु मा पनि असर पर्छ |

सुत्ने बेलामा (जब ओछ्यानमा जानु हुन्छ ) आफुले दिनभरी गरेका कार्यहरु सम्झने कोसिस गर्नुस, सके सम्म समय र काम नबिराई कन सम्झने कोसिस गर्नुस , जति सम्झनु हुन्छ सम्झनुस. जस्तै : म बिहान ५ बजे तिर उठे, त्यसपछि बाथरूम गए, दात ब्रश गरें, ५.३० तिर मैले चिया खाए | निरन्तर सम्झनुस होस्, यसरि दिनभरिको कुराहरु सम्झन कोसिस गर्नुस, तर सम्झदै जादा कहिले काही सम्झदा सम्झदै निदाइन्छ | यसले स्मरण शक्ति बढ्नुका साथै तपाइको निन्द्रामा पनि सुधार आउछ |

सुत्नु भन्दा अघि भोलि गर्नु पर्ने कामहरुको नोट तयार गर्नुस, वा बिहान चाडै उठ्नु हुन्छ भने उठे पछि पनि आज गर्नु पर्ने कामहरुको लिस्ट तयार परेर काम गर्न सक्नु हुनेछ |

विद्यार्थी हुनु हुन्छ पढ्दै हुनु हुन्छ भने आफुले पढ़ेका कुराहरु बेला बेलामा दोहोर्याउनु पर्दछ |

खाना राम्रो संग खानु होस्, कुनै दिन टन्नै खाने कुनै दिन भोक्कै बस्ने नगर्नुस, सके सम्म खाना ठिक्क मात्रामा खानुस कम पनि नखानुस बढी पनि | यसले तपाइको स्मरण शक्तिमा असर गर्ने मात्र होइन स्वास्थ्यमा पनि असर गर्दछ |

तनाब बाट मुक्त रहनु होस् | Tension भन्ने कुरा नै यस्तो हो जो तपाई बाचुन्जेल तपाइको साथ हुन्छ त्यसैले समस्या आयो भनेर त्यको बारेमा चिन्ता नगर्नुस, समाधान छ त समाधान गर्न तिर लाग्नुहोस छैन भने तपैले सोचेर त्यसको बारेमा चिन्ता गरेर कुनै फाइदा छैन | तनाव ब्यबस्थापनले पनि स्मरण शक्ति बधुना प्रत्यक्ष सहयोग गर्दछ |

No comments:

Post a Comment