Thursday, June 30, 2011

तपाईंको ल्यापटपको लागि महत्वपूर्ण जानकारी

धेरैजसो ल्यापटप प्रयोगकर्ताहरु आफ्नो ल्यापटपको व्याटरी लाईफलाई लिएर चिन्तित हुन्छन्, एकपटक पूर्णरुपमा चार्ज गरेको ल्यापटप दुई-तिन घण्टामात्र चल्दछ । खासगरी भ्रमणका बेला अनि कुनै जरुरी प्रिजेन्टशनको समयमा अचानक व्याटरी सकिनुले ठुलै समस्या पनि निम्त्याउन पनि सक्दछ, अझै तपाईंसँग चार्जर छेन भने या नेपालजस्तो देशमा लोडशेडीङ्गको समय पर्दाका वखत यस्तो समस्याको निराकरण हुने त कुनै सम्भावनानै रहदैन । केहि सामान्य तरीका अपनाउनु भयो भने तपाईं ल्यापटपको व्याटरी किफायती तरिकाले टिकाउन सक्नुहुन्छ र व्याटरी लाईफ पनि जोगाउन सक्नुहुन्छ ।
पावर म्यानेजमेन्ट
पावर म्यानेजमेन्टलाई मिलाएर पनि तपाईं विद्युत खपत कम गराउन सक्नुहुन्छ । त्यसको लागि तपाईंले स्क्रिनको चमकतालाई तल्लो (कम चमक) सेटिङ्माक राख्नुहोस् । यसको लागि तपाईंले control panel मा गएर power options द्वारा व्याटरी खपतलाई कम भन्दा कममा सेट गर्नुहोस् । यसले तपाईंको ल्यापटपको स्क्रिन कम चम्किलो गराउँछ र प्रोसेसरको स्पीड पनि घटाउँछ । यसैको कारण ल्यापटप प्रयोग नभएको समयमा छिट्टैने स्लीप मोडमा जान्छ र यसले तपाईंको कामलाई कुनै पनि असर गर्दैन ।
हाइबरनेशन
काम नभएको समय कंप्यूटर वा ल्यापटपलाई Stand by मोडमा राख्नाले पनि विद्युत खपत कम गराउँछ । तर यदि तपाईंको ल्यापटपमा हाइबरनेशनको सुविधा छ भने यसले विद्युत खपत झनै कम गराउनेछ । यसको लागि control panel मा गएर power options द्वारा हाइबरनेट ट्याबमा गएर enable hibernate भन्ने चेक बक्समा चिन्ह लागउनु होस् । यो सुविधा नदेखिइमा तपाईंको ल्यापटपले यस्तो सुविधा प्रदान गर्दैन ।
उर्जा चुहावट
यदि तपाईं ल्यापटपसँगै फ्ल्यास ड्राईव, वाह्य हार्ड डिस्क अनि स्पीकर, वाई-फी कार्ड आदि जोडिएको छ भने विद्युत नभएको समयमा अत्यावश्यक वाहेकको अवस्थामा प्रयोग नगर्नुहोस् ।
सीडी तथा डीभीडी
ल्यापटपलाई व्याटरीद्वारा चलाईएको समयमा सीडी तथा डीभीडी को प्रयोग सकेसम्म कम गर्नुहोस् यसले निकै उर्जा खपत गर्दछ ।
व्याटरी चार्जिङ
व्याटरीलाई चार्ज गरिसकेपछि लामो समयसम्म सामान्यतया: ३ महिनाको समयसम्म त्यत्तिकै छाड्यो भने व्याटरीको शक्ति नाश हुन्छ, यस्तो समस्याबाट जोगाउनका लागि तपाईंले कम्तीमा पनि दुई हप्ताको एकपटक ल्यापटप चलाउनु पर्ने हुन्छ । यदी ल्यापटपमा लिथयम आयन व्याटरी छ भने चार्ज शुन्य हुने गरी नचलाउनु होस् । तर लिथियम आयन व्याटरी होईन भने त्यसलाई दुई तिन हप्तामा पुरै डिस्चार्ज भएपछी मात्र दोहोराएर चार्ज गर्नुहोस् । लिथियम आयन व्याटरी होईन भने व्याटरीलाई पुरै डिस्चार्ज गरेर लामो समय नचलाई राख्न सकिन्छ । व्याटरी कुन प्रकारको हो थाहा पाउन ल्यापटप म्यनुअल अथवा व्यटरी प्याकमा भएको सुचना हेर्नुहोस् ।
मल्टि-टास्किङ्ग
यदी ल्यापटप व्याटरीमा भएको उर्जाबाट चलाउदै हुनुहुन्छ भने एकै समयमा धेरै प्रोग्राम अथवा एप्लीकेशन नचलाउनु होस् । सामान्यतया हामी माइक्रोसफ्ट एप्लिकेशन चलाउदै गर्दा डेस्कटप गजेट, म्युजिक प्लेयर, ईमेल-च्याट तथा ब्राउजरहरुपनि चलाईरहेका हुन्छौ । यो मल्टि-टास्किङ्गबाट सम्भव हुन्छ । याद राख्नुहोस् जति धेरै एप्लिकेशन चल्छ त्यति नै धेरै उर्जा नष्ट हुन्छ । त्यसैले व्याटरीबाट ल्यापटप चलाउँदा एकपटकमा एउटैमात्र आवश्यक सफ्टवेयर चलाउनु होला ।
चिसोपना कायम राख्नुहोस्
ल्यापटपलाई चर्को घाम तथा बढी तापक्रम भएको साथै कम हावा खेल्ने ठाऊउमा प्रयोग नगर्नुहोस् । त्यसैले ल्यापटपलाई विस्तरामा सिरकमाथि राखेर पनि नचलाउनु होस् । ल्यापटप कुल बल, कुलिङ्ग प्याड तथा टेबुलको प्रयोग गर्नुहोस् । र हप्ता दुई हप्ताको एकपटक ल्यापटपलाई सफा गर्नुहोस् ।
डिफ्रेगमेन्ट
यदी तपाईको हार्ड डिस्कमा धेरै छरिएका फाइलहरु छन् भने प्रोसेसरलाई फाइल व्यवस्थापन गर्न धेरै समय लाग्छ र त्यसले उर्जाको प्रयोग पनि बढाउँछ । त्यसैले यस्तो समस्याबाट बच्न बेलाबेलामा (१५ दिनमा एकपटक) डिस्क डिफ्रेगमेन्ट गर्नुहोस् । यसो गर्न सजिलो छ, आफ्नो डिस्क ड्राइवमा पर राइट क्लिक गरेर त्यसको properties>tools>defragmentation मा जानुहोस् र त्यहाँ भएको defragment now बटनमा क्लिक गर्नुहोस् यसले हार्ड डिस्कमा भएका डाटाहरुलाई सहि तरिकाले स्टोर गर्दछ ।
नोट: ल्यापटपसँगै आएको पावर कर्ड (तार) को प्रयोग गर्नुहोस् यदि हरायो वा बिग्रियो भने डिलर अथवा कस्टोमर सर्भिस सेन्टरमा सम्पर्क गरेर सहि स्पेयर पार्ट वा एक्सेसरिज मात्र प्रयोग गर्नुहोस् ।

No comments:

Post a Comment